देश

    पाल्पामा उत्साहजनक रुपमा मतदान सम्पन्न

    नवलपुर टुडे
    २०७९ बैशाख ३० | मध्यान्ह ०९:०१ बजे

      शिबदेब अर्याल
      पाल्पा, बैशाख ३० । स्थानीय तहको निर्वाचन पाल्पामा उत्साहजनक रूपमा सम्पन्न भएकाे छ । जिल्लाका कुनै पनि स्थानीय तहमा अप्रिय घटना बीना उत्साहजनक रूपमा मतदान कार्य सम्पन्न भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

      दश स्थानीय तह रहेकाे पाल्पामा बिहान ७ बजेदेखी साँझ ५ बजेसम्म मतदान कार्य चलेकाे थियाे । १ लाख ९९ हजार ६ सय ९० मतदाता रहेकाे पाल्पामा मतदानका लागि बिहानैदेखी मतदाता लामवद्द भएका देखिन्थे । पाल्पाकाे १ सय १८ मतदान स्थलका २ सय ४७ मतदान केन्द्रमा मतदान सम्पन्न भएकाे हाे ।

      स्थानीय तह सदस्यकाे निर्वाचनका लागि पाल्पामा २ हजार ६२ कर्मचारी खटीएका थिए । दाेस्राे पटक स्थानीय तहकाे निर्वाचन सम्पन्न भएको हाे।

        कमेन्टहरु