देश

    सिरहामा शान्तिपूर्ण स्थानिय निर्बाचन सम्पन्न

    नवलपुर टुडे
    २०७९ बैशाख ३० | मध्यान्ह ०८:०१ बजे

      विनोद मण्डल
      सिरहा । सरकारले घोषणा गरेको स्थानिय निर्वाचनको चुनावी प्रक्रिया समाप्त भएको छ ।

      सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं १२ लगायतको मतदान केन्द्रहरूमा शान्ति तवरले मतदान सम्पन्न भएको हो । निर्धारित समयमा सुरु गरिएको मतदानको मध्यमा हावा पानी आएपछि मत पेटीकाहरु स्थानिय राजनीतिक दलको सहमतिमा सुरक्षित स्थानमा राखी मतदानलाई निरन्तरता दिइएको थियो ।

      धनगढीमाई नगरपालिकाको सबै वडाहरूमा शान्तपूर्वक शुरू गरिएको मतदान निर्धारित समयमा सम्पन्न भएको छ तर, वडा नं ७ कसहामा राखिएको मतदान केन्द्रमा सामान्य विवाद सिर्जना भएपनि स्थानिय राजनीतिक दलको सहमतिमा विवाद समाधान गरिएको थियो ।
      सरकारले घोषणा गरेको आचार संहिता अनुसार जनताले आफ्नो मतदान केन्द्रमा गई मतदान गरेका थिए । सिरहा जिल्लामा संग्रहमा शान्तिपूर्ण तवरका साथ स्थानिय निर्वाचन सम्पन्न भएको छ ।

        कमेन्टहरु