मुख्य समाचार

    प्रधानमन्त्री देउवाद्वारा स्याङ्जा जीप दुर्घटनाप्रति दुःख व्यक्त

    नवलपुर टुडे
    २०७९ बैशाख ३० | मध्यान्ह ०५:०१ बजे

      काठमाडौं, वैशाख ३० गते । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार स्याङ्जामा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।

      वालिङ नगरपालिका वडा नं.१६ मा मतदाताको गाडी दुर्घटनामा १४ जनाको ज्यान गएको थियो।

      कांग्रेस केन्द्रीय कार्यालय सचिव डा. प्रदीप पराजुलीले एक प्रेस विज्ञप्तिमार्फत् प्रधानमन्त्री देउवाले सो घटनामा ज्यान गुमाउनेको चिर शान्तिको कामना गर्नुका साथै घाइते सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको जानकारी दिनुभयो।

      photo 2022 05 13 17 01 43

        कमेन्टहरु