देश

    स्थानीय तह निर्वाचन : दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मतदान

    नवलपुर टुडे
    २०७९ बैशाख ३० | मध्यान्ह ०२:०१ बजे

      काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म करिब ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

      आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा शुक्रवार दिउसो २ बजेसम्म ४१ प्रतिशत मत खसेको हो । छिटपुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रूपमा मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

      प्रवक्ता शर्माकाअनुसार कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।

      उक्त नगरपालिका र वडामा नगर उपप्रमुखका उम्मेदवार र वडा अध्यक्षका उम्मेदवारको उम्मेदवारी दर्ता भइसकेपछि मृत्यु भएका कारण वैशाख ३ गतेका लागि निर्वाचन सारिएको हो ।

        कमेन्टहरु