देश

    स्याङ्जा जीप दुर्घटना अपडेट : ज्यान गुमाएका १४ जनाकै परिचय खुल्यो

    नवलपुर टुडे
    २०७९ बैशाख ३० | मध्यान्ह ०१:०१ बजे

      स्याङ्जा, बैशाख ३० । स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा परी ज्यान गुमाएका १४ जनाकै परिचय खुलेको छ ।

      दुर्घटनामा ज्यान गुमाउनेहरुमा वालिङ नगरपालिका १४ अर्खलबास बस्ने ६३ वर्षीया माया पुन, नौ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरिकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवरकाे ज्यान गएकाे हाे । यस्तै ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मीना कुँवर र वर्ष नखुलेकी फूलदेवी कुँवर रहेका छन् ।

      यस्तै घाइते हुनेमा वालिङ १४ पञ्चमूल अर्खलबास बस्ने वर्ष नखुलेकी बेलमाया कुँवर, सोही ठाउँका चालक भुलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिश कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर रहेका छन् । उनीहरु सबैको अवस्था गम्भीर रहेको छ । सबैलाई वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ ।

      सोही ठाउँका ५५ वर्षीय नेत्रबहादुर कुँवरको अवस्था मध्यम रहेकाले उनको वालिङमै उपचार भइरहेको छ । वालिङ १४ को सिख्रेबाट तिवारीपसल मतदान केन्द्रका लागि मतदाता लिएर छुटेको ग २ च ३०२६ जीप अर्खलावासमा बिहान १०ः३० बजे दुर्घटनामा परेको हो ।

        कमेन्टहरु