१२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान सम्पन्न भयो : आयोग

नवलपुर टुडे
२०७९ बैशाख ३० | मध्यान्ह १२:०१ बजे

काठमाडौं, बैशाख ३० । निर्वाचन आयोगले मध्याह्न १२ बजेसम्म ३५ प्रतिशतको हाराहारीमा मतदान सम्पन्न भएको जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छिटफुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको बताए ।
७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको आयोगको भनाइ छ ।





