देश

    स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु

    नवलपुर टुडे
    २०७९ बैशाख ३० | मध्यान्ह १२:०१ बजे

      स्याङ्जा, बैशाख ३० । स्याङ्जामा जिप दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । स्याङ्जाको वालिङ नगरपालिका-१४ मा भएको जिप दुर्घटनामा १४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले बताए ।

      मतदाता बोकेर मतदान केन्द्रतिर जाँदै गरेको ग२च ३०२६ नम्बरको जिप दुर्घटनामा खनालले बताए । उनका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन् । १० जनाको सनाखत भइसकेको प्रहरीले जनाएको छ ।

      जिप सडकदेखी करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको खनालले बताए ।

        कमेन्टहरु