लहान खुर्सानी बारीमा महिलाको शव फेला

नवलपुर टुडे
२०७९ बैशाख २९ | मध्यान्ह ०४:०१ बजे

विनोद मण्डल
सिरहा, वैशाख २९ । सिरहाको लहान नगरपालिका – ३ नौडेगा चौरीको खुर्सानी बारीमा एक महिला मृत अवस्थामा फेला परेका छन् ।
स्थायी घर लहान – ३ रघुनाथपुर भएकी करिब ५५ वर्षिय महिला आफ्नो खेतबारी अर्थात् खुर्सानी बारीमा बिहान घरबाट ८ बजे काम गर्न गाएकी थिइन् । दिँउसो अबेला घर नफर्किएपछि निजका श्रीमान चौधरी महतो खोजी गर्न करिव १ बजे खेतबारीमा पुग्दा उनलाई मृत अवस्थामा देखेपछि उनी स्थानियको सहयोगमा ईलाका प्रहरी कार्यालय लाहानलाई जानकारी गराई स्थलगत अनुगमन र मुचुल्का उठाई थप अनुसन्धानको लागि लहान अस्पताल लागिएको निजका छिमेकी ललित नारायन महतोले बताए ।
घट्ना बारेमा लहान प्रहरीलाई बुझ्दा अनुसन्धान भैरहेको र छिटोभन्दा छिटो सत्यतथ्य बाहिर ल्याउने जानकारी दिएको छ ।





