स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग

नवलपुर टुडे
२०७९ बैशाख २९ | मध्यान्ह ०४:०१ बजे

काठमाडौं, बैशाख २९ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् ।
उनले भने, “निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ वैशाख ३० गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ ।”
शुक्रबार देशभर एकै चरणमा निर्वाचन हुँदै छ ।





