देश

    पूर्वमन्त्री बस्नेत सवार गाडी दुर्घटना, १० जना घाइते

    नवलपुर टुडे
    २०७९ बैशाख २९ | मध्यान्ह ०४:०१ बजे

      दैलेख, बैशाख २९ । नेकपा माओवादी केन्द्रका नेता एव पूर्वमन्त्री टेकबहादुर बस्नेत सवार गाडी आज दुर्घटनामा परेको छ ।

      सल्यानबाट दाङतर्फ आउँदै गरेको बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र दाङबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्स तुलसीपुर उपमहानगर ३ राणा गाउँमा आपसमा ठोक्किएको हो ।

      जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार दुर्घटनामा परी पूर्वमन्त्री बस्नेतसहित १० जना घाइते भएका छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

      बस्नेतको गर्धनमा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु