समाचार

    बम विष्फोटमा संलग्नता पुष्टि नभएपछि छुटे धर्मेन्द्र वास्ताेला

    नवलपुर टुडे
    २०७९ बैशाख २९ | बिहान ११:०१ बजे

      बुटवल, बैशाख २९ । दाङको भालुवाङबाट पक्राउ परेका नेकपा बहुमत पार्टीका संयोजक धर्मेन्द्र वास्ताेलासहित ३ जनालाई प्रहरीले छाेडेकाे छ ।

      बुटवलको मिलनचोकमा भएकाे बम विस्फाेटमा नेकपा बहुमत पार्टीकाे संलग्नता रहेको आशंकामा साेधपुछका लागि प्रहरीले उनीहरूलाई निगरानीमा राखिएकाे थियाे । प्रहरीको साेधपुछपश्चात् लिखित कागज गरेर छाेडेकाे प्रहरी स्राेतले बताएकाे छ ।

      ‘लिखित कागजपछि छाेडियाे । निर्वाचनलक्षित केही प्रश्नहरू साेधिएका थिए । सारमा निर्वाचन नबिथाेल्ने कागजमा उल्लेख छ’ स्राेतले भन्याे ‘बुटवल बमकाण्डमा पनि संलग्नता देखिएन । माथिल्लो आदेशमा उहाँहरूलाई छाडियाे ।’

        कमेन्टहरु