डाेटीमा बस दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी घाइते

नवलपुर टुडे
२०७९ बैशाख २९ | बिहान ०८:०१ बजे

डोटी, बैशाख २९ । डाेटीकाे पूर्वीचाैकी गाउँपालिका-४ सानागाउँमा बस दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।
कैलालीकाे धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान करिब ५ बजेतिर दुर्घटनामा परेकाे हाे । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्याइएकाे छ ।
बसमा ३० जना सवार रहेकोमा दुई दर्जनभन्दा बढी घाइते भएको र अन्यलाई घाइतेलाई पनि अस्पताल ल्याउने कार्य भईरहेको भट्टले बताए । दुर्घटनाकाे कारण भने अझै खुल्न सकेकाे छैन ।





