देश

    नवलपरासीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको घट्नास्थलमा मृत्यु

    नवलपुर टुडे
    २०७९ बैशाख २९ | बिहान ०६:०१ बजे

      रामजी प्रजापति
      नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम – १० नदवामा पेप्सि कम्पनीको अगाडि ठूलो दुर्घटना भएको छ । पुर्वदेखि पश्चिम तिर गईरहेको टिप्पर र पश्चिमदेखि पुर्वतिर गैरहेको मोटरसाइकल एक आपसमा ठोकियर मोटरसाइकल चालकको ज्यान गएको छ ।

      तिब्र गतिमा गुडाईरहेको टिप्परको चालक बिपरितबाट आईरहेको मोटरसाइकललाई ठक्कर दिदा घटनास्थलमा मोटरसाइकल चालकको निधन भएको छ । टिप्परको गति तिब्र भएको कारणले उक्त मोटरसाइकललाई लगभग १०० मिटिरसम्म अगाडि टिप्परले किचेर लगेको प्रहरीले जानकारी दिएको छ ।

      निधन हुने रामग्राममा पर्ने अैचावलका हरिद्वार यादव हुन उनको पुरानो घर अैचावल र नया पोखरापाली छ । उनी परासीको पोखरापाली आउने क्रममा लगभग हिजो साझ ८ बजेर ४५ मिनेटमा घटना भएको जानकारी स्थानियले बताए । ठक्कर दिने टिप्पर प्रहरीको नियन्त्रणमा रहेको छ ।

        कमेन्टहरु