देश

    सैनामैनामा एमाले निकट युवा संघले पैसा बाडेकाे अबस्थामा फेला

    नवलपुर टुडे
    २०७९ बैशाख २९ | बिहान ०६:०१ बजे

      बुटवल । रुपन्देहीको सैनामैनामा रातारात मतदातालाई प्रभावित पार्न पैसा बाडिएकाे छ । गएराति करिब ११:३० बजे सैनामैना वडा न.८ भडछामा नेकपा एमाले निकट युवा संघ सैनामैना वडा न.८ का संयोजक सुमन पन्थ र सहसंयोजक पदम पाण्डेले बा १८ च ९८७४ नम्बरको गाडीमा ल्याउदै गरेको अबस्थामा रु १ लाख सहित सैनामैना गठबन्धनका संयोजक प्रतीक श्रेष्ठ सहितको टाेलिले बरामद गरेको हो ।

      मौन अबधिमा किन यस्तो हर्कत गरेको भन्दै युवा संघ र गठबन्धन बिच केही बेर झडप भएको थियो । अहिले इलाका प्रहरी कार्यालय सालझण्डिले गाडी सहित पैसा नियन्त्रणमा लिएको छ ।

        कमेन्टहरु