मुख्य समाचार

    बुटवलको मिलनचोकमा बम विस्फोट ः घटनास्थल नजिकै नेकपा बहुमत पार्टीको पर्चा भेटियो

    नवलपुर टुडे
    २०७९ बैशाख २८ | मध्यान्ह ०९:०१ बजे

      बुटवल – बुटवलको मिलनचोकमा बम विस्फोट भएको छ। मिलनचोकको आकासे पुलनजिकै सनराइज बैंकको अगाडि कुकर बम विस्फोट भएको हो।

      घटनास्थलमा चुनाव बहिस्कार गर्ने निर्णय गरेको नेकपा बहुमत पार्टीको पर्चा भेटिएको छ।

      सशस्त्र प्रहरी बल बुटवलका डीएसपी सुरज पाण्डेका अनुसार बम विस्फोटबाट कुनै क्षति भएको छैन। बम विस्फोट भएको नजिकै पर्चाहरू रहेको र अनुसन्धान भइरहेको उनले बताए।

        कमेन्टहरु