समाचार

    मेरो नक्कली ट्वीटर प्रयोग गरी निर्वाचनबारे गलत सूचना सम्प्रेषण : घिसिङ

    नवलपुर टुडे
    २०७९ बैशाख २८ | मध्यान्ह ०५:०१ बजे

      काठमाडौं, वैशाख २८ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा नक्कली ट्वीटर ह्यान्डल प्रयोग गरी स्थानीय तह निर्वाचनको सन्दर्भमा गलत सूचना सम्प्रेषण भइरहेको जानकारी दिनुभएको छ ।

      कार्यकारी निर्देशक घिसिङले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो नाम र तस्बिर प्रयोग गरी खोलिएको नक्कली ट्वीटर ह्यान्डलमार्फत स्थानीय तह निर्वाचनको सन्दर्भमा गलत सूचना सम्प्रेष्ण भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

      उहाँले ती सूचनाहरु भ्रममा नपर्न सबैसँग अनुरोध पनि गर्नुभएको छ ।

      photo 2022 05 11 17 01 37

        कमेन्टहरु