देश

    मतदातालाइ प्रभाबित पार्न गएकी कांग्रेस उम्मेदवार भट्टराई पत्नी पक्राउ

    नवलपुर टुडे
    २०७९ बैशाख २८ | मध्यान्ह ०४:०१ बजे

      गुल्मी सम्बाददाता
      गुल्मी । गुल्मी सत्यवति गाउँपालिका -४ लिम्घामा मौन अवधिको समयमा आज दिउसो करिब २ बजे नेपाली कांग्रेसका वार्ड सदस्य पदका उम्मेदवार आत्माराम भट्टराईकी पत्नी देउरुपा (गुड्डु) भट्टराई केही नगद रकम सहित पक्राउ परेकी छिन ।

      बुधबार दिउँसो करिब २ बजे उम्मेदवार पत्नी संगै स्थानिय कांग्रेस कार्यकर्ता उमा थापा सत्यवती – ४ लिम्घाको टोल नम्बर २ भिरकुनाको दलित बस्तिमा मतदाताका नामावाली संकलन गर्दै बदलमा मतदाताहरुलाई पैसा बांड्दै हिडेको अवस्थामा पक्राउ परेकी छन । स्थानियद्वारा पक्राउ परे लगत्तै करिब ७ जनाको मतदाता नामावली कार्ड, जफत रकम तथा रुख चिन्हमा छाप लगाउन सिकाउदै गरेको नमुना मतपत्र समेत स्थानिय मतदान केन्द्रमा लगि मतदान अधिकृत लगायत सुरक्षा निकायको जिम्मा लगाइएको छ ।

      घटना लगत्तै स्थानिय सुरक्षा निकाय तथा निर्बाचन कार्यालयबाट आएको टोलीले आवश्यक अनुसन्धान थालेको छ भने आरोपिलाई आचारसंहिता उल्लनघनको कानुनि कार्बाहि चलाई निजको पतिको उम्मेदवारीसमेत खारेजी गर्नुपर्ने माग स्थानिय नेकपा एमालेले गरेको छ ।

      photo 2022 05 11 16 51 45

      photo 2022 05 11 16 52 07 e1652267543615

      photo 2022 05 11 16 52 12 e1652267618269

       

       

        कमेन्टहरु