समाचार

    इन्जिनमा समस्या देखिएपछि श्री एयरलाइन्सको जहाज काठमाडौमा आकस्मिक अवतरण

    नवलपुर टुडे
    २०७९ बैशाख २८ | मध्यान्ह १२:०१ बजे

      काठमाडौं, बैशाख २८ । काठमाडौबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।

      बुधबार काठमाडौबाट उडेको केही बेरमै बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि इन्जिन सटडाउन गरेर आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए । उक्त जहाज मध्याह्न १२ बजेर ८ मिनेटमा सकुशल अवतरण भएको सिटौलाले जानकारी दिए ।

      १३ माइलमा पुगेपछि ८७ जना यात्रु बोकेको उडान नम्बर–२२३ विमानको इन्जिनमा समस्या देखिएको थियो । अहिले जहाजको प्राविधिक परीक्षण भइरहेको छ ।

        कमेन्टहरु