उपमेयर र अन्य दलका नेताले अनेकौं प्राेपाेगण्डा सृजित गरे, बिकास कार्यमा बाधा आउन दिएन : पुर्व नगर प्रमुख शाह


कृष्णनगर, बैशाख २७ । नेपाली कांग्रेसकाे कृष्णनगर नगरपालिकाबाट नगरप्रमुख पदका उम्मेदवार रजत प्रताप शाहले प्राेपाेगण्डा फैलाउने विपक्षकाे काम रहेको र आफ्नो कसैसंग प्रतिस्पर्धा नरहेकाे बताएका छन् ।
स्थानीय तह निर्वाचन २०७४ मा स्वतन्त्र उम्मेदवारी दिएर दाेहाेराे मतान्तरबाट निर्वाचित भई नगर प्रमुख पदकाे कार्यकाल पूरा गर्ने रजत प्रताप शाहले आफू नगरपालिकाका गाउँ गाउँसम्म पुर्याएकाे बिकासका याेजनाले नै जीत सुनिश्चित रहेकाे बताएका छन् ।
उपमेयर र अन्य दलका नेताले अनेकौं प्राेपाेगण्डा सृजित गरेपनि बिकास निर्माण कार्यमा बाधा आउन नदिनेमा प्रतिबद्ध थिए ।
उनी भन्छन – `मेराे कुनै उम्मेदवारसँग प्रतिस्पर्धा रहेको छैन किनकी मलाई जनताले सबभन्दा बढी मत दिएर पुन: एक पटक जिताउछन । मलाई सबै धर्म समुदायले भाेट दिन्छन किनभने म मेयर हुँदा हाल माओवादी केन्द्रबाट नगर प्रमुख उम्मेदवार जावेद खां की भाइ बुहारी सबनम खातुन उपमेयर हुंदा उनका पतिले जबर्जस्ती नगरपालिका चलाउन खाेज्ने, कर्मचारी थर्काउने जस्ता क्रियाकलाप गरेकाले यसपाली आउने सम्भावना न्यून छ । अन्य एक-दुई महिने उम्मेदवारकाे पनि खासै प्रभाव नगरका मतदातामाथि नपरेकाेले मेराे प्रतिद्वन्दी काेही नरहेकाे स्पष्ट पार्न चाहन्छु ।´
निवर्तमान नगरप्रमुख शाह अहिले नेपाली कांग्रेस पार्टीकाे टिकटमा फेरि नगरप्रमुख पद दाेहाेर्याउने प्रयासमा लागि परेका छन ।





