वडाको समग्र विकासका साथै सम्पूर्ण जनताको हकहितमा काम गर्छु : वडा सदस्य उमेदवार अग्रवाल

नवलपुर टुडे
२०७९ बैशाख २७ | मध्यान्ह १०:०१ बजे

कपिलवस्तु, बैशाख २७ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने समाजसेवी व्यक्तित्व भएका जीतेन्द्र कुमार अग्रवाल (जीतू) ले स्थानीय चुनावमा वडा नं २ बाट वडा सदस्य पदमा स्वतंत्र उम्मेदवारी दिएका छन् ।
अग्रवाल वडाको जनताबिच रहि जनताको सुखदुखमा सहभागी हुदै आएर वडावासीको मन जित्न सफल रहेको स्थानीय बताउछन् । उनले चुनावमा आफू निर्वाचित भए वडाको समग्र विकासमा जोड दिनुका साथै दलित, अल्पसंख्यक, पिछडावर्ग लगायत अन्यको हकहितमा काम गरि वडावासीको मन जित्ने बताए ।
अग्रवालले हाल वडा सदस्यमा चुनाव चिन्ह आप पाएको जानकारी दिए । जीतेन्द्र कुमार अग्रवाल उद्योग वाणिज्य संघ कृष्णनगरका महासचिव समेत रहेका स्वर्गीय घनश्याम प्रसाद अग्रवालका छोरा हुन ।





