देश

    हुप्सेकोट गाउँपालिकामा बिनोद चौधारीको बिशेष अतिथ्यामा नेपाली काँग्रेसको कोण सभा सम्पन्न

    नवलपुर टुडे
    २०७९ बैशाख २७ | मध्यान्ह १०:०१ बजे

      तिलु खोँजेली मगर
      नवलपुर, बैशाख । अगामी ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनको प्रचारप्रसार र घरदैलो कार्यक्रम आज अन्तिम दिन नेपाली काँग्रेसले हुप्सेकोट गाँउपालिकाको बिभिन्न ठाँउमा बृहत र्‍याली सहित कोण सभा कार्यक्रम सम्पन्न गरेको छ।

      हुप्सेकोट गा.पा. वडा नम्वर २ कोलियाबाट अनौपचारिक रुपमा सुरु गरेको र्‍याली वडा नम्वर ३ हुँदै निस्किएको बृहत र्‍याली सहितको जुलुस वडा नम्बर १ को जुगे पानीमा गएर दोस्रो कोण सभा सम्पन्न गरेको हो भने वडा नम्वर ४ को संखदेवमा गएर अन्तिम कोण सभा कार्यक्रम सम्पन्न गरेको छ ।

      उक्त अनौपचारिक रुपमा गरेको कोण सभा कार्यक्रमको प्रमुख अथितिको रुपमा नेपाली काँग्रेस हुप्सेकोट गा.पा. एकाइ कमिटिका सभापति बाल बहादुर राना मगर रहनुभएको थियो भने बिशेष अथिती नेपाली काँग्रेस केन्द्रिय सदस्य समेत रहनु भएको बिनोद चौधरी, नेपाली काँग्रेस जिल्ल कमिटिका सभापती महेन्द्र धोज जिशी, नेपाली काँग्रेसका केन्द्रिया सदस्य बिष्णु कार्की, नेपाल मगर संघका केन्द्रिया सभापति ओम थापा मगर, नेपाली काँग्रेसबाट हुप्सेकोट गाँउपालिकाको अध्यक्षको लागी उम्मेदवारीको रुपमा रहनुभएकी लक्ष्मी देवि पाण्डे र उपाध्यक्षको लागी उम्मेदवारीको रुपमा‌ रहनुभएको पुर्ण सिँ राना लगायत प्रत्येक वडाका बिभिन्न पदका लागी उम्मेदवारको रुप रहनु भएका उम्मेदवारीहरु रहनुभएको थियो। साथै उक्त कार्यक्रममा नेपाली काँग्रेसका कार्यकर्ताहरु लगायत नेपाली काँग्रेसप्रति आस्था राख्नुहुने अन्य ब्यक्तित्वहरुले पनि सहभगिता जनाउनुभएको थियो।

      कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरुले आ- आफ्ना भनाइहरु राखेर सम्पुर्ण हुप्सेकोटवासीहरुसंग भोट अपिल गरेका थिए। आफ्ना भनाईहरु राख्ने क्रममा बिनोद चौधरीले बाचाका साथ भने, म आफ्नो ४९ बर्षको औद्योगिक ब्यापरको अनुभवलाई अनुसरण गरेर यो हुप्सेकोट गाँउपालीकाले उद्योग स्थापनाको लागी डि.पि.र. गरेर राखेको कार्यलाई निरन्तरता दिनको लागी मैले सक्दो सहयोग गर्ने छु। उद्योग स्थापना गरेरै छाड्ने छु। र यो उद्योग कुनै ब्यक्तिको होइन । किन भने यसमा लगानी नेपाल सरकारले गर्ने भएको छ र यस उद्योगको लागी आवश्यक पर्ने दक्ष जनसक्ति बहिरबाट ल्याउनु पर्दैन। यहाँ कै स्थानिय युवायुवातीहरुलाई दक्ष बनाएर यहाँ कै युवायुवतीहरुलाई रोजगार दिलाउने उनले बाँचा गरे ।

        कमेन्टहरु