श्रीलंकाका प्रधानमन्त्रीको राजीनामा स्वीकृत, देशव्यापी कर्फ्यु घोषणा


कोलम्बो । श्रीलंकामा केही दिनदेखि सुरु भएको आर्थिक संकट झनै बढेको छ । आर्थिक संकटकै कारण मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनको राजीनामा श्रीलंकाका राष्ट्रपति गोटबाया राजपाक्छेले स्वीकृत गरेका छन् । उनको राजीनमा सोमबार मध्यरातिदेखि नै स्वीकृत भएको श्रीलंकाली राष्ट्रपतिको कार्यालयले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार यहाँको सरकारका विरुद्धमा जारी रहेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रुपमा कर्फ्युको घोषणा गरेको छ ।
यसअघि पनि सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कर्फ्यु आदेश बुधबारसम्मलाई थप गरिएको पनि श्रीलंकाली सरकारले जनाएको छ । सोमबार मात्र पनि बिहान प्रदर्शनकारीहरुले यहाँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुमध्ये धेरैले प्रधानमन्त्री राजपाक्षेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ । रासस





