मुख्य समाचार

    कपिलवस्तुको महाराजगन्ज नगरपालिकाकी उपमेयर उम्मेदवार कुर्मीको निधन

    नवलपुर टुडे
    २०७९ बैशाख २७ | बिहान ०९:०१ बजे

      बुटवल, बैशाख २७ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपमेयरका उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ ।

      निवर्तमान उपप्रमुख समेत रहेकी कुर्मीको हृदयघातका कारण गएराती १ बजे तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको आज निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए ।

      निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि चुनावका प्रक्रिया अघि बढ्ने अधिकृत पन्थीले बताए । कुर्मी महाराजगन्ज नगरपालिका–२, गैडहवाकी बासिन्दा हुन् ।

        कमेन्टहरु