हुप्सेकोट गाँउपालिकामा नेपाली कांग्रेसको घोषणा पत्र महामन्त्री शर्माद्वारा सार्वजनिक


तिलु खोँजेली मगर
नवलपुर, बैशाख २२ । नवलपुरको हुप्सेकोट गा.पा. वडा नम्वर ३ गुरुवारीमा हिजो बिहीबार नेपाली कांग्रेसले अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथिमा नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकास शर्मा रहेका थिए भने बिशेष अतिथिहरुमा नेपाली कांग्रेसबाट प्रदेश संसद बिस्नु लामिछाने, बिष्णु कार्की र नेपाली कांग्रेस हुप्सेकोट गाँपालिकाका सभापति बाल बहादुर राना, गाँउपालिकाको अध्यक्ष, उपाध्यक्ष पदका लागी उम्मेदवारहरु लक्ष्मी देवी पाण्डे र पुर्ण सिँ राना लगायत प्रत्येक वडाका अध्यक्ष र सदस्यका लागी उम्मेदवाहरु समेत रहेका थिए । साथै उक्त कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरुलगायत नेपाली काँग्रेस प्रति आस्थावान ब्यक्तिहरुले समेत उपस्थिति रहेको थियो ।
त्यस कार्यक्रममा आगामी बैशाख ३० गते हुँदै गरेको स्थानीय तहको निर्वाचनको लागी नपाली कांग्रेसका उम्मेदवारीहरुले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको थियो । उक्त घोषणा पत्र नेपाली कांग्रेसको महामन्त्री बिश्व प्रकाश शर्माको हातबाट सार्वजानिक गरिएको हो । घोषणा पत्रमा अघिल्लो ५ बर्षको कार्यकालको अनुभवलाई प्रयोग गरी जानी नजानी भएका कमीकम्जोरीहरुलाई सुधार्दै अधुरो रहेका कामहरुलाई दोस्रो कार्यकलमा पुरा गर्ने योजनाहरु रहेको थियो । साथै नयाँ बिकास कार्यका योजनाहरु समेत रहेको थियो ।
घोषाणा पत्र सार्वजानिक गर्ने क्रममा नेपाली काँग्रेस प्रति आस्थावान ब्यक्तिहरु निकै उत्साहित थिए । तर घोषाणा पत्रमा भएका भिजन अनुसार सत्तामा पुगेपछी नेतृत्वकर्ताले काम गर्न सकिन्छ सकिँदैन, त्यो भविष्यमै थाहा हुनेछ ।





