देश

    बहुसंख्यक समर्थकका साथ मेयर उमेदवार रजत शाहको बहादुरगंजमा घर दैलो अभियान

    नवलपुर टुडे
    २०७९ बैशाख २२ | मध्यान्ह १०:०१ बजे

      कपिलवस्तु, बैशाख २२ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगंज बजारमा नेपाली कांग्रेस नगर प्रमुख पदका उमेदवार रजत प्रताप शाह बहुसंख्यक समर्थकका साथ घर दैलो अभियानमा जुटेका छन् ।

      कृष्णनगर नगरपालिका वडा नं ९ कांग्रेसको वडाध्यक्ष उमेदवार मंगल प्रसाद गुप्ता तथा वडा नं ८ का वडाध्यक्ष उमेदवार राम कपुर चौधरी लगायत कांग्रेस पार्टीका समर्थक उक्त अभियानमा समावेश रहि जनतासँग भोट माग्न व्यस्त रहेका थिए ।

      बहादुरगंज चोकमा आफ्नो मन्तव्य राख्दै मेयर उमेदवार रजत प्रताप शाहले आफू पाँच बर्ष जनताको बिचमा जनता प्रति वफादार रहि काम गरेको र आफूले धर्म, जातपात, भन्दा मानवतावादी भई जनता प्रति समर्पित रहेको बताउदै नगर भित्र चलिरहेको विकासका कार्यलाई निरन्तरता दिने चाहना रहेकाले पुन स्थानीय चुनावमा भोट दिएर आफूलाई जिताउन सबैसँग अनुरोध गरेका थिए ।

      निवर्तमान नगर प्रमुख रजत प्रताप शाह बहादुरगंजको प्रत्येक घरमा पुगि आफूलाई पुन एक पटक भोट दिन मतदातासँग आग्रह गरेका थिए ।
      निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ कृष्णनगरमा नेपाली कांग्रेस पार्टीलाई साथ र सहयोग गर्ने स्थानीयहरुमा उत्साह जागेको छ ।

        कमेन्टहरु