देश

    निलम्बन गर्भनरको रिटमाथि आज सुनुवाई हुँदै

    नवलपुर टुडे
    २०७९ बैशाख ६ | मध्यान्ह १२:०१ बजे

      काठमाडौं । निलम्बनमा परेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि आजबाट सर्बोच्चमा सुनुवाइ सुरू हुँदैछ ।

      सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइ हुन लागेको हो । सरकारले आफूलाई गरेको निलम्बन कानुनविपरीत भएको भन्दै गभर्नर अधिकारीले आइतबार सर्बोच्चमा रिट दायर गरेका थिए।

      गत चैत २५ गते सरकारले गर्भनर अधिकारीलाई पदबाट निलम्बन गरेको थियो। अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।

      प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर उनले मुद्धा दायर गरेका थिए।

        कमेन्टहरु