समाज

    दलित समुदायको भोट् बैंक हटाउन लहानमा सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर टुडे
    २०७९ बैशाख ६ | बिहान १०:०१ बजे

      महेश सिंह
      सिरहा । चुनावलाई लक्षित गरेर दलित संघर्ष समितिद्वारा लहान नगरपालिका – २४ मा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनको समय तोकिएकोले दलित संघर्ष समिति लहानले एक बृहत कार्यक्रमको आयोजना गरी सम्पुर्ण दलितहरुलाई एक जुट हुन् कार्यक्रमको आयोजना गरेका हो ।

      विभिन्न राजनिती दलका ब्यक्तिहरुले गरिब दलितहरुलाई भोट् बैंकको रूपमा चिनिने गरेका छन् । निर्वाचनको समय नजिकिदै जादा दलित समुदायमा मासु दारु/रक्सी र पैसा बाँडेर विभिन्न प्रलोभनमा पार्दै आफनो राजनिती स्वार्थ पुरा गर्न नेताहरुले दलित समुदाय केन्द्रित भएका छन् । अब दलित समुदाय मासु र दारुलाई बहिष्कार गर्ने छन् बाँडन आउने राजनिती दललाई खबरदारी समेत गरिएका दलित अगुवा राम गणेश दासले बताए । राजनीति दलका प्रतिनिधिहरुले दलित समुदायलाई हेपेर गुलामीको कर्ण बनाएको छ् । हरेक राजनिती पार्टीका नारा जुलुसहरुमा दलित समुदायलाई प्रयोग गर्ने गरिन्छ । राजनिती निकटता ल्याउन दलहरुले दलित बस्तीलाई राजनिती अखडा बनाउने गरिएका छन् । आउने निर्वाचनमा दलित समुदाय प्रलोभनमा नपर्ने उनलेे जोड दिएका थिए।

      तराई मधेसमा चुनावी शरगर्मी छाएको छ । राजनीति दलका नेताहरुले गाउँ केन्द्रित भएका छन् । दलित बस्तीहरुमा नेताहरुले दिन चरिया बिताउने गरिन्छ । संयुक्त दलित संघर्ष समितिका लहान नगर अध्यक्ष मनोज पासमानका अनुसार नेताहरु चुनावमा छुवाछूतको कुरा गर्दैन । दलितकै भोट् लिएर चुनाव जितेर गएपछि केहि दिन मै नेताहरुको मनोबल फेरिन्छ । आफनो चुनावी एजेन्डाहरु बिर्सिन्छ, छुवाछूत र भेदभाव सुरुवात गर्छन ।

      कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य दिनेश्वर गुप्ता, दलित अगुवा राम गणेश दास, रमेन मंण्डल, भोगेन्द्र पासमान, महिला अधिकारकर्मी रिकमा बिश्वकर्मा, लगन लाल पासमान, राम बिहारी दास, सत्यनारायण साफी, चन्दो देवी पासवान, सरिता सदाय, लक्ष्मण सदाय लगायत अतिथिहरुको उपस्थिति रहेको थियो।

      खबरदारीको लागी लहान नगरपालिकाको २४ वटा वडामा सचेतता कार्यक्रम गर्ने निर्णय गरेका छन । अब दलित समुदाय शिक्षित तिर उकासिएको छ् । बोल बला र आफुलाई जिमिदार र ठुलो नेता भनाउनेहरुलाई दलित समुदायले लहानमा बहिष्कार गर्ने बताए । आउने निर्वाचनमा सम्पुर्ण दलित एक जुट हुन् दलित संघर्ष समिति लहानले एक दिने सचेतना तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको दलित अगुवा भोगेन्द्र पासमानले जनाए।

        कमेन्टहरु