समाचार

    विद्युत लाइन सर्ट हुँदा आगलागी, तीन घर नष्ट

    नवलपुर टुडे
    २०७९ बैशाख ६ | बिहान ०७:०१ बजे

      राजविराज, वैशाख ६ । विद्युत लाइन सर्ट हुँदा सप्तरीमा आगलागी भएको छ ।सप्तरीको सुरुङ्गा नगरपालिका–३ मा गएराति आगलागी भएको हो।

      आगलागीमा तीन घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी हुँदा स्थानीय शनिचर महतोका तीनवटै घर जलेर नष्ट भएका हुन्। विद्युत् लाइन सर्ट भई आगलागी भएको प्रहरीले जनाएको ।

      आगलागीबाट अन्तपात, लत्ताकपडा, फर्निचर, भाँडाकुँडासहित सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लहान नगरपालिकाको बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो।

        कमेन्टहरु