बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

नवलपुर टुडे
२०७९ बैशाख ६ | बिहान ०७:०१ बजे

बझाङ, बैशाख ६ । बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।
मंगलबार बिहान स्थानीय समयअनुसार ६ बजेर तीन मिनेट जाँदा बझाङस्थित सैनपसेला केन्द्र रहेर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।
केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो ।





