बेभरेज पेप्सि फ्याक्ट्रीमा नेपाली कामदारद्वारा तालाबन्दीको आह्वान


रामजी प्रजापति
नवलपरासी, बैशाख ५ । पश्चिम नवलपरासीमा अवस्थित धेरै पुरानो पेप्सि फ्याक्ट्री वरुण बेभरेज (नेपाल) प्रालि मा नेपाली कामदारद्वारा तालाबन्दीको आह्वान गरेको छ । नवलपरासीको रामग्राम – १० नदवामा रहेको फ्याक्ट्रीमा तालाबन्दी गर्ने आह्वान गरेको हो ।
उक्त फ्याक्ट्रीमा नेपालका कामदारहरुले धरै समस्या झेलिरहेका र सरकारको निर्णय बमोजिम काम तलब नभएको हुनाले आक्रोशित कामदारहरु आन्दोलित बन्न पुगेका हुन ।
वभरेज कम्पनीमा ठूलो पोस्टमा छिमेकी देश भारतबाट कामदार ल्याएर कम्पनीमा काम गराईरहेको र नेपालका कामदारहरुलाई आवाज उठाउदा सरुवा गर्ने र अभद्र व्यवहार गरेको उक्त कम्पनीमा कार्यरत नेपालीहरुको गुनासो रहेको छ ।
वभरेज कम्पनीको म्यानेजर पंकज गुप्ताले दिनहुँ कामदारहरुमाथि गालीगलौज गर्दै, स्थानिय सरकार र कानुन आफ्नो खल्तिमा रहेको, आफू र कम्पनीलाई कसैले केही गर्न नसक्ने अभिव्यक्ति दिदै त्यहाँ कार्यरत नेपाली कामदारलाई धम्की दिने गरेको कामदारहरुले बताए । त्यति मात्र होइन पंकज गुप्ताले नेपाली कामदारलाई कम्पनीबाट निकाल्ने र भारतियलाई मात्र राख्ने धम्कीसमेत दिएका छन ।
नेपाली कामदारहरु कम्पनीबाट निकाल्ने डरले त्रसित छन । नवलपरासी युवा समाजले बुझाएको ज्ञापन पत्र अनुसार बुढागत रुपमा अगाडि बढ्ने अडानमा आफ्नो हकअधिकारको निम्ति आन्दोलित भएका छन ।
नेपाली कामदारले बिभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन । उनिहरुले निम्न माग राखेका छन ।
१) नेपालको नियम अनुसार श्रम ऐन २०७४ अनुसार नियम हुन पर्छ ।
२) ठेकेदार प्रथा हटाउनु पर्ने ।
३) २४० दिन काम गरे बापत स्थाई नियुक्ति दिनु पर्ने ।
४) मानव संसाधन बिभागमा प्रत्येक कर्मचारी नेपाली हुनु पर्ने ।
५) व्यवस्थापक श्रमिकहरुको सरुवा, बढुवा र तलब बढाउदा यस प्रतिष्ठानका श्रमिकहरुको ट्रेड युनियन अनुसार हुन पर्ने ।
६) श्रमिक माथि कुनै झुठो आरोप प्रत्यारोप लगाउने बन्द गर्ने ।
यी माघ राख्दै, तीन दिनसम्म तालाबन्दीको आह्ववान समेत वरुण बेभरेज(नेपाल) प्रालि रामग्राम – १० नदवा ब्रान्च युनिट १ लाई ज्ञापन पत्र बुझाएको छ।






