देश

    पाल्पामा ७० वर्षीया वृद्धा बलात्कार आरोपमा २७ वर्षीय पुरुष पक्राउ

    नवलपुर टुडे
    २०७९ बैशाख ५ | मध्यान्ह १२:०१ बजे

      पाल्पा । पाल्पामा ७० वर्षीया वृद्धामाथि बलात्कार आरोपमा २७ वर्षीय पुरुष पक्राउ परेका छन् ।

      पक्राउ पर्नेमा पाल्पा रिब्दिकोट गाउँपालिका–४ भैरवस्थान बस्ने २७ वर्षीय संजय सुनार रहेको प्रहरीले जानकारी दिएको छ ।

      सुनारले ती वृद्धालाई सोही ठाउँस्थित भैरवस्थान मन्दिर नजिकै शनिबार राति बलात्कार गरेको खुलेको छ । प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

        कमेन्टहरु