समाज

    हलेसी वडा – ७ मा सर्बधन बस्नेतको चर्चा

    नवलपुर टुडे
    २०७९ बैशाख ५ | बिहान ०७:०१ बजे

      खाेटाङ। नेकपा एमाले हलेसी तुवाचुङ नगर कमिटी सचिब समेत रहेका सर्बधन बस्नेत नेपालकै राष्ट्रिय सम्पदा समेत रहेको त्रिधार्मिक स्थल हलेसी वडा नम्बर ७ को अध्यक्षमा चर्चा चलेको छ ।

      बिगत १० बर्ष देखि नेकपा एमालेकाे कृयाशिल राजनितिमा रहेका बस्नेत विभिन्न संघ संस्थामा काम गरिसकेका छन् भने नेकपा एमालेले देशै भरी युवाहरुलाई उम्मेदवारीमा विशेष प्राथमिकता दिईरहेको र बिगतको स्थानिय निर्वाचनलाई फर्किएर हेर्दा पनि अधिकांस ठाउँमा युवाहरु नै बिजयी भएको देखिन्छ।

      राजनिति प्रति धेरैको बितृष्णा देखिन्छ तर पनि बिश्वका हरेक परिवर्तन बिकासका मोडेलहरु हेर्ने हो भने त्यो राजनितिक नेतृत्वको कारणले नै सम्भब भएका छन र नेपालकाे परिपेक्षमा ४१ महिने ओेली सरकारकाे नेतृत्वकाे नेकपा एमालेकाे सरकारमा बिकासकाे कामहरु उल्लेख्य रुपमा भएकाे सर्ब बिबितै छ।

      हलेसिलाई त्रिधार्मिक हिसाबले बिश्वलाई चिनाउन र पर्यटन मार्फत बिकास र समृद्धी हासिल गर्न हलेसिका जल्दाबल्दा समस्याहरुलाई समाधान गर्ने स्पष्ट योजना रहेको र पार्टीले त्यो अबसर प्रदान गर्दा पछाडि नहट्ने अध्यक्षका प्रत्यासी बस्नेतको अडान रहेको छ ।

      समृद्ध हलेसी बनाउन धेरै आधारहरु रहेको र हलेसिको आम जनताको साथ सहयोगबाट नै हलेसिलाई नयाँ मोडेलका साथ बिकाश गर्न सकिने उनी बताउछन जनप्रतिनिधि जनताको सेवक हुनु पर्नेमा मालिक बन्दा जनताले दुख पाएको उनी बताउछन् ।

      राजनिती निस्वार्थ सेवा हो त्यसैले राजनिती गर्ने मान्छेले जनताको हित के मा छ त्यो सोच्नु पर्ने हुन्छ त्यो गर्नु पर्ने हुन्छ चुनाब जितिसकेपछि केही जनप्रतिनिधिहरु आफुले आफैलाई छोटे राजा जस्तो बनेको र त्यो प्रवृत्तिको अन्त्य हुनु पर्ने उनी बताउछन।

        कमेन्टहरु