समाचार

    एमस्टार टेलिभिजनको वार्षिक उद्वघाटन समारोह सम्पन्न

    नवलपुर टुडे
    २०७९ बैशाख ५ | बिहान ०७:०१ बजे

      बिनोद मण्डल
      सिरहा । सिरहाको गोलबजारमा रहेको एमस्टार टेलिभिजनको वार्षिक उद्वघाटन समारोह सम्पन्न भएको छ ।

      बिटु सिंहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि आम सञ्चार प्राधिकरण मधेश प्रदेशका श्याम सुन्दर यादव विशिष्ट अतिथि सिरहाका प्रमुख जिल्ला अधिकारी लाल बाबु कवाडी लगायत अथितीहरुमा सिरहाका सुरक्षा निकायका प्रमुख ज्यूहरु, नेपाल पत्रकार महासंघ सिराहाका अध्यक्ष मनोज वनैता, बरिस्ठ पत्रकार दिनेश्वर प्रसाद गुप्ता पत्रकारहरु शिब दयाल यादव, गणेश शाह, विरु यादव, सोनु मिश्रा, रामपूकार यादव, नागरिक अधिकार मञ्च सिरहाका प्रमुख रहमुल राईन, स्वाधीन किशान सिरहाका चण्देश्वर महतो लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।

      कार्यक्रमको शुरुमा गम्छाले अथितीहरुलाई सम्मान गर्दै अन्त्यमा सम्मान पत्र वितरण गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

      स्वागत मन्तव्य गुमस्ता यादवले राखेका थिए । भने, सो कार्यक्रमको उद्घोषण पत्रकार महासंघ सिराहा शाखाका सदस्य तथा नवलपुर टुडेका सम्पादक बिनोद मण्डलले गरेका थिए ।

        कमेन्टहरु