राजनीति

    गगन थापा संयोजकत्वको घोषणापत्र तयारी समितिमा थप १९ सदस्य मनोनित

    नवलपुर टुडे
    २०७९ बैशाख ४ | मध्यान्ह ०९:०१ बजे

      काठमाडौं, वैशाख ४ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा थप १९ सदस्य मनोनित भएका छन् ।

      महामन्त्री गगन थापा संयोजकत्वको समिति सदस्यमा पार्टी सभापति शेरबहादुर देउवाले आइतबार थप १९ सदस्य मनोनित गरेका हुन् । यससँगै घोषणापत्र समिति ४० सदस्यीय बन्न पुगेको छ ।

      फागुन ३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले महामन्त्री थापाको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति’ गठन गरेको थियो ।

      मनोनयन भएका थप सदस्यहरु

      १. सदस्य – किरण यादव
      २. सदस्य – फखरुदीन खान
      ३. सदस्य – प्रकाश पन्थ
      ४. सदस्य – उमा वादी
      ५. सदस्य – सन्तोषमणि नेपाल
      ६. सदस्य – डा. लोचन कार्की
      ७. सदस्य – श्याम पटेल
      ८. सदस्य – कृष्णप्रसाद तिमिल्सीना
      ९. सदस्य – निलकण्ठ शर्मा
      १०. सदस्य – विभुषण विष्ट
      ११. सदस्य – शिशिर खनाल
      १२. सदस्य – सरोज पाठक
      १३. सदस्य – कञ्चन झा
      १४. सदस्य – प्रेम विश्वकर्मा
      १५. सदस्य – सुवास अधिकारी
      १६. सदस्य – डा. ई. सुमन कर्ण
      १७. सदस्य – गोकर्ण बन्जाडे
      १८. सदस्य – कृष्णकुमार सिंह
      १९. सदस्य – रमेश पुरी

        कमेन्टहरु