समाज

    जितपुरको युवाहरुको पहलमा कारणमाईको थान ब्यवस्थापन

    नवलपुर टुडे
    २०७९ बैशाख ४ | मध्यान्ह ०७:०१ बजे

      रामजी प्रजापति
      नवलपरासी, बैशाख ४ । नवलपरासीको रामग्राम-४ मा रहेको पुरानो कारणमाईको थान ब्यबस्थापन हुदैछ । जितपुरका युवाहरुको विशेष पहल तथा युवा शिक्षित, निडर, कर्मठ र समाजसेवी कारणमाईको व्यवस्थापन समितिको अध्यक्ष रामचन्द्र अहिर र सम्पुर्ण युवाहरुको पहलमा कारणमाईको थानलाई व्यवस्थापन हुने भएको हो ।

      धेरै पुरानो रहेको कारण माईको थानमा पुस्तौ पुस्ता देखि पुजा हुँदै आईरहेको छ । दिपावलिको समयमा दिप प्रज्वलन, नागपंचमिको समय लावा दूध, बिहेमा सुभ लक्ष्मीको बास होस र किसानले खेतिपाती गरेर फसल काट्नुभन्दा पहिला उक्त देवस्थलमा चढाउने र चढावा दिईसकेपछि मात्र अन्नबालिहरु घरभित्र प्रवेश गर्ने प्रचलन पुस्तौदेखि चलिआएको छ ।

      पहिला पानी र बाढी आएर उक्त ठाउमा पुग्न धेरै नै समस्या भएर अब उक्त ठाउमा पुग्नको लागि गाउ समाज बाटो र बत्तीको पनि निर्माण गरेर ब्यवस्थित न रहेको पुनः व्यवस्थित गरेर गाउँ सामाजका हरेक ब्यक्तित्वलाई उक्त ठाउमा जान आउन सजिलोको माध्यम बनाउनको लागि जितपुर निवासि र युवाहरु लागि परेका जितपुरका युवा समाजसेवी ब्यक्तित्व चौथि प्रसाद कोहारले जान्कारि दिनुभयो ।

      आउदो भबिस्यमा जितपुर पुरै नेपालमा चिनिने भएको छ । जितुरको पुर्वमा गौतम बुद्ध, दक्षिणमा पाल्हि भगवती मन्दिर र लोहरौलिमा शंकर भगवानको पुरातात्त्विक मन्दिर र प्रतिमा रामग्राम स्तुपाले चिनिने रामग्राममा त्यहि रामग्राममा पर्ने जितपुर भनेर चिनिने पहिला पनि थियो र अब प्रचलनमा ल्याउनको लागि रामग्राम निवासी र जितपुर निवासीको चाहना रहेको समाजसेवी राधेश्याम दास पट्नवारले जानकारी दिनुभयो ।

      जितपुरका युवाहरुको विशेष पहलमा बनिरहेको कारण माईको थानमा गाउ समाजले दिएको चन्दा स्वरुप १,५०,००० हजारको लगानिमा उक्त कारणमाईको ब्यवस्थापन भइरहेको युवा समाजसेवी लक्ष्मन यादवले जानकारी दिनुभयो ।

        कमेन्टहरु