मुख्य समाचार

    अश्लिल भिडियो देखाउने शिक्षकलाई कारवाहीको माग राख्दै आन्दोलित

    नवलपुर टुडे
    २०७९ बैशाख ४ | मध्यान्ह ०३:०१ बजे

      गैंडाकोट । नवलपुरको गैँडाकोटस्थित जनक माविमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका छन् । अश्लिल भिडियो देखाउने शिक्षकलाई कारवाही गर्नुपर्ने माग राख्दै आन्दोलित बनेका हुन् ।

      कक्षा १२ मा अध्ययनरत छात्रालाई सोही स्कुलमा कम्प्युटर पढाउने शिक्षकले अश्लिल भिडियो देखाएर यौन दुर्रव्यवहार गर्न खोजेको आरोप लागेको छ । आरोपीत शिक्षकको राजीनामा मागेका छन् ।

      गैडाकोट प्रहरीको टोलीले आक्रोशित विद्यार्थीहरुलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । ३ राउण्ड अश्रुग्याँस प्रहार गरेर अनियन्त्रित भीडलाई नियन्त्रण लिने प्रयास गरेको स्थानीयहरुले बताएका छन् ।

      विद्यार्थीहरुले स्कुलभित्रको एक मोटरसाइकलमा आगो लगाइदिएका छन् । झ्यालमा समेत तोडफोड गरेका छन् ।विद्यालय भित्र रहेको ना २४ प ६६१५ र प्र ३०३०० प २७७६ नम्बरको २ वटा मोटरसाइकल जलाइएको छ । ५ सय भन्दा बढि विद्यार्थीहरुले वि वाण्ट जस्टिसको नारा लगाएर आन्दोलन गरिरहेका छन

      आरोपीत शिक्षक, अभिभावक र विद्यार्थी प्रतिनिधिबीच करिब १ घण्टादेखि छलफल चलिरहेको छ । घटनाबारे गैडाकोट प्रहरी र विद्यालयले हालसम्म कुनै विवरण सार्वजनिक गरेका छैनन् ।

      photo 2022 04 17 15 11 13

        कमेन्टहरु