निलम्बनको कारबाही गैरकानुनी भएको भन्दै सर्वोच्च पुगे गभर्नर अधिकारी

नवलपुर टुडे
२०७९ बैशाख ४ | मध्यान्ह ०२:०१ बजे

काठमाडौं, बैशाख ४ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । आफूमाथि गरिएको निलम्बनको कारबाही गैरकानुनी भएको भन्दै अधिकारी सर्वोच्च पुगेका हुन् ।
उनले आफूमाथि पूर्वाग्रही भएर अर्थमन्त्रीले गैरकानूनी ढंगले जाँचबुझ आयोग गठन गरेको तथा आयोगमा उनको परिवारका सदस्य तथा पार्टी सदस्यहरु राखेको भन्दै सो प्रक्रिया नै खारेजीको माग गरेका छन् ।
गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरिएको थियो । राष्ट्र बैंकबाट सूचना चुहाएको आरोपमा अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा सरकारले उनीमाथि छानबिन गर्न समिति गठन गरेपछि अधिकारी स्वतः निलम्बनमा परेका हुन् ।





