बर्दियामा १४ वर्षीया बालिका बलात्कृत

नवलपुर टुडे
२०७९ बैशाख ४ | मध्यान्ह ०२:०१ बजे

बर्दिया, बैशाख ४ । बर्दियामा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने २५ वर्षीय गगन कामीलाई पक्राउ गरिएको छ ।
सुर्खेत ब्राह्राताल गाउँपालिका–४ स्थायी घर भएका गगन कामीलाई शनिबार राति प्रहरीले पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनले सोही नगरपालिका–६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ बलात्कार गरेका थिए ।
ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।





