देश

    बुढानीलकण्ठबाट चितुवाको छालासहित चारजना पक्राउ

    नवलपुर टुडे
    २०७९ बैशाख ४ | मध्यान्ह ०२:०१ बजे

      काठमाडौं । काठमाडौबाट प्रहरीले दुर्लभ वन्‍यजन्तु चितुवाको छालासहित चारजनालाई पक्राउ गरेको छ । काठमाण्डौंको बुढानीलकण्ठ नगरपालिका – ८ गोल्फुटार र काठमाडौं महानगर – ३ स्थित सीमानामा रहेको पुर्वपश्‍चिम गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरेको हो ।

      पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका – ७ झापा बस्‍ने ३५ वर्षीय विष्णु सुनार, खिजिघोम्बा गाउँपालिका – ९ घर भई हाल चाँगुनारायण – ५ बस्‍ने २९ वर्षीया फुरी शेर्पा, गजुरी गाउँपालिका – ५ घर भई चाँगुनारायण – ५ बस्‍ने विनोद श्रेष्ठ र कमलामाई नगरपालिका – ४ हिरापानी घर भई हाल ललितपुर पाटन बस्‍ने ३० वर्षीय विकास पुर्कुटी रहेका छन् ।

      प्रहरीले उनीहरुको साथबाट पुच्छरसहित ४.५ फिट लम्बाई तथा २ फिट चौडाई रहेको चितुवाको छाला र अर्को पुच्छरसहित ६.९ फिट लम्बाई र ३ फिट चौडाई रहेको चितुवाको छाला, चितुवाको टाउँको र ओप्पो मोबाइल तथा सामुङ मोबाइल बरामद गरेको छ ।

      पक्राउ परेका उनीहरुलाई आवश्‍यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एवं एसपी दिनेराज मैनालीले जानकारी दिए ।

        कमेन्टहरु