देश

    बझाङमा कांग्रेस जिल्ला सभापति र उनका परिवार सवार जीप दुर्घटना : एकको मृत्यु, ३ जना घाइते

    नवलपुर टुडे
    २०७९ बैशाख ४ | बिहान ०७:०१ बजे

      बझाङ, बैशाख ४ । बझाङमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवार सवार जीप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

      जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो ।

      दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने ३ जना घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी पठाइएको छ । प्रहरीका अनुसार जीप गएराति १२:४० बजे दुर्घटना भएको हो ।

      जीपमा ३ जना महिला र ६ जना पुरुष गरी जम्मा ९ जना सवार थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

        कमेन्टहरु