समाज

    हुलाकी सडक पचास बर्ष पहिल्यै बन्नु पर्थ्यो

    नवलपुर टुडे
    २०७९ बैशाख ३ | बिहान १०:०१ बजे

      राम पुकार यादव
      सिरहा, बैशाख ३ । आज हामी रोडमा हिँडेका छौ । कालो पत्रे सडकमा पैदलदेखि बाइक चार चक्के गाडी हिँडेका देख्छौं । आधुनिकरणको साधनहरु देख्छौं । तर यति हुँदाहुँदै पनि शिक्षाको बिकास देखिएन । शिक्षामा परिवर्तन आएन ।

      हाम्रो मधेसी समाज, समुदायको स्तर माथी उठ्न सकेन । हामी जहाँको त्यही हौं । हुनत मधेसी जस्तै देशको अरु समुदायहरुको अबस्था पनि त्यस्तै हो । खासगरी आज म हुलाकी रोडमा हिँडिरहदाको अनुभुती र यहाँ अबस्थित समुदायहरुको चित्रण गर्न खोजेको छु । यो हुलाकी सडक जो आजदेखि पचासौं बर्ष पहिला नै बनिसक्नु पर्ने थियो, तर बनेन, बनाएनन । नबन्नुको कारण यो हुलाकी सडकको दुबै छेउको पेटि र पेटि बाहिर मधेसी यादव समुदायहरुको बाहुल्यता हो ।

      सिरहाको सप्तरीदेखि बागमतीसम्म यो रोडसँग टाँसिएर करिब ९५% मधेसी यादव समुदायहरु नै छन । जो सँधै आफ्ना खेती किसानी गरि जिबिकोपार्जन गर्दै आइरहेको देखिन्छ । उनिहरु प्राय:गाई भैंसी, बाख्रा आदि अन्य कृषिजन्य काम काज गर्ने गरिन्छन र देश बिकासमा पनि सहयोग गर्ने गर्छन । त्यही आम्दानीबाट राज्यको ढुकुटी पनि बलियो बनाउन सदैब सफल भएको छ ।

      बलियो अर्थतन्त्र सहित राज्यलाई सबल पार्ने यी सडक पेटिका मधेसी समुदायहरु किन पछाडी पारिए । राज्य किन निरीह देखिए । राज्यको दृष्टिकोणमा किन हेपिदै आए । पचास बर्ष पहिले बनिसक्नु पर्ने हुलाकी सडक अहिले पनि मेचीदेखि महाकालीसम्म पुर्ण रुपले बन्न सकेनन् । कुरो बडो मार्मिक र बिचारनिय छ । बुझौं हामी एक चोटि तत्कालीन राज्य ब्यबस्थाको राज्यको कुदृस्टी ।

      राणा, राजाहरुको जहाँनिया शासन थियो । उनीहरु आफ्नो सुख बिलास बाहेक कसैको सुख बिलास देख्न चाहदैन थियो । उनी राणाहरु आफ्नो शाखा सन्तान इस्ट्मित्र, करकुटुम्ब, नातागोता बाहेक अरुको लागि त्यति शिक्षा, स्वास्थ्य, यातायातको सुबिधा दिदैन थियो । यसको कारण थियो कि देशको आम समान्य नागरिकको पहुँच सत्तासँग नहोस ।

      नागरिकहरु हरेक दिनचर्या तत्कालीन समयको शासकको पैरवी र गुनगानमा बितोस भन्ने सोच, मानसिकता अर्थात नागरिकलाई गुलाम बनाइ आफ्नो आवश्यकता परिपुर्ति गर्ने साधनको रुपमा प्रयोग गर्ने दृस्टिकोण । छुवाछुत ब्यबस्थालाइ पनि राज्यले विभेद गरेर शासन गर्ने अंगको रुपमा नै अपनाएको थियो । यो एक देशको समान्य नागरिकमाथी शोषण गर्ने नीति नै थियो उनीहरुको लागि जुन नितिको तहत षड्यन्त्र र जनताको दोहन शोषण गरिन्थ्यो ।

      त्यसै नीति अनुरुप तराइ मधेसको बिकास र यहाँको जनताको समृद्धिसंग उनीहरु डराँउथ्यो । उनीहरुले सोच्थ्यो तराई मधेसमा शिक्षा स्वास्थ, यातायात जस्ता बिकास भयो भने यहाँका मधेसी यादव जनताहरु, सामान्य नागरिकहरुले सजिलै सत्तामा दखल गर्न सक्छ । त्यसैले यिनिहरुलाइ यस किसिमको अधिकारहरुबाट नजर अन्दाज नै गरि नैसर्गिक, मौलिक अधिकारबाट दुर नै राख्नु पर्छ भन्ने मानसिकतामा हरेक समय उनीहरु रहन्थ्यो ।

      गलत नितिगत सोच थियो उनीहरुमा । यसैलाइ मजबुत साधन बनाई तराई मधेसको पुर्व झापा केचनाकलदेखि पश्चिम् नेपालको कंचनपुरको दोधारा चाँदनीसम्म जोड्ने हुलाकी रोडलाइ नजर अन्दाज नै राख्यो तत्कालीन राणा राजाहरुले । यो त्यो हुलाकी रोड हो जुन एक ठाउँबाट अर्को ठाउँमा संचार सम्बाह गर्नु पर्थ्यो भने हुलाकहरुले यो सडक प्रयोग गर्थ्यो ।यस रोडबाट छिटो छरितो कागज चिठी लिएर गन्तव्य पुग्न सजिलो हुन्थ्यो । त्यसैले यस रोडलाइ हुलाकी रोड भनिएको हो ।

      जसको बिकासमा अस्थिरताको कारण त्यस ठाउँको समुदायको बिकास गति लिन सकेन । शिक्षा, स्वास्थ, यातायात लगायत बिकासका कार्यहरू लथालिङ्ग नै रहयो । पछिल्लो समय देश समय काल, निरँकुश शासन शैली र सत्ता स्वार्थमा समर्पित राजनिती परिवर्तनसँगै देश र समुदायको बिकासमा पनि कोल्टो फेर्न थाल्यो । परिवर्तनको कोल्टोसँगै ब्यक्ति समुदतमा जागरुकता र चेतना हौशिदै गयो । हुलाकी सडकको सपना पुर्ण रुपले नभए पनि बाक्लै मात्रामा साकार हुँदै गएको देखिन्छ ।

      पूर्व पश्चिम हुँदै तराईका वस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएको हुलाकी राजमार्ग आ.व. २०६५/६६ मा शुरु गर्ने र आ.व. २०७४/७५ मा सम्पन्न गर्ने योजना थियो । यो प्रारम्भिक अनुमान सफल भएन । पछि संशोधन गरियो । संशोधित कार्यतालिका अनुसार आ.व. २०७७/७८ सम्ममा सम्पन्न गर्ने लक्ष्य लियो । यो सम्पन्न गर्ने लक्ष्य रहँदा रहँदै पनि हालसम्म पुर्णता प्राप्त गरेको छैन । तर पनि धेरै मात्रामा बनी सकेर त्यहाँको समुदायको बिकासले अलि गति पाएको छ ।

      शिक्षा स्वास्थ्यमा परिवर्तन देखिएको छ । थोरै नै भएपनि परिवर्तन भएपछि ब्यक्ति समुदाय क्षेत्रको बिकासमा गतिलो परिवर्तन झल्किदैँ गर्दा पचास बर्ष पहिलै यस्तो बिकास भएको भए आज समुदायको स्तरोन्नतिको बिकास कतिको फडको मारेको हुन्थ्यो ? रोड छेउछाउका कृषक यादव अन्य बासिन्दाहरु बताउँछन ।

      उनिहरु भन्छन,”मेरा बाउ पुर्खाहरुले कालोपत्रेमा हिन्न पाएको भए पचास बर्ष पहिला देखि शासन सत्तामा हुन्थे । उनी किसानका सन्तान हामी रुन्थेन । आजको बिकासमा पचास बर्ष पहिले सन्ततिहरु हुन्थ्यो कि ? बिकास ५० बर्ष अगाडि हुन्थ्यो कि ? हुलाकी सडकले पुर्णता पाउँदै हामी पचास बर्ष पछाडि पारिएका मधेसी समुदायको बिकासमा पनि बिभेदी जंजिर पुर्ण रुपले खुलोस ।” कूल १६६३ कि.मि.कालोपत्रे सडक हामी मधेसी समुदाकै लागि होइन देशकै अर्थतन्त्रको मजबुत साधन हुन सक्छ ।

        कमेन्टहरु