देश

    पाल्पामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु, ४ जना गम्भीर घाइते

    नवलपुर टुडे
    २०७९ बैशाख ३ | बिहान ०७:०१ बजे

      पाल्पा, बैशाख ३ । पाल्पामा शुक्रबार साँझ भएको बस दुर्घटनामा एक जना बालकसहित दुई जनाको गए राती मृत्यु भएको छ ।

      शुक्रबार साँझ रैनादेवि छहरा गाउँपालिकास्थित भित्री सडकमा भएको बस दुर्घटनामा रैनादेवि गाउँपालिका–६ धारापानीका ४२ वर्षीय वेदबहादुर जिसी र सोही स्थानका होमबहादुर रासकोटीका ७ वर्षीय छोरा अशोक रासकोटीको मृत्यु भएको हो ।

      जिसी बस धनी र चालक समेत रहेको प्रहरीले जनाएको छ । सो घटनामा अन्य ४ जना बालकहरू गम्भीर घाइते भएका छन् । सोही वडाको पानीडाँडाबाट जुठापानीतर्फ जाँदै गरेको गु १ ख ४९०९ नम्बरको बस सडक देखि करिब चार सय मिटर तल खसेको थियो ।

      जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकृत डिएसी वीरेन्द्र थापाका अनुसार गम्भीर घाइते हुनेहरू मध्ये ३ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको र एक जनालाई भैरहवा रिफर गरिएको छ ।

        कमेन्टहरु