विश्व

    युक्रेनको एन्टीएयरक्राफ्टमा रुसी हमला, एन्टीसिप मिसाइल बनाउने भट्टी निसानामा

    नवलपुर टुडे
    २०७९ बैशाख ३ | बिहान ०७:०१ बजे

      काठमाडौं । रुसले युक्रेनको राजधानी किभबाहिर एन्टी एयरक्राफ्ट र एन्टी सिप मिसाइल बनाउने एउटा भट्टीमा प्रहार गरेको जनाएको छ ।

      युक्रेनी हमलामा रुसको युद्धपोत पानी जहाज मोस्कभा विष्फोटपछि डुबेको विवरण सार्वजनिक भइरहेका बेला रुसको भनाई सार्वजनिक भएको हो । हमलामा प्लान्टमा क्षति पुगेको बताइएको छ ।

      रुसी युद्धपोतमा आफ्ना सेनाले मिसाइलहरू प्रहार गरेको युक्रेनले दाबी गरेको छ । मिसाइल हमलापछि युद्धपोतमा आगो लागेको थियो ।

      युद्धपोतमा हमला भएपछि रुसले त्यसको बदला लिने जनाएको छ । कीभमा आक्रमणलाई तीव्र पारिने रुसी रक्षा मन्त्रालयले चेतवानी दिएको छ । राष्ट्रसंघले द्वन्द्वका क्रममा ५० लाखभन्दा बढी युक्रेनीहरू आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ ।

        कमेन्टहरु