उपत्यकाको सडकबाट ५५ बालबालिकाको उद्धार

नवलपुर टुडे
२०७९ बैशाख ३ | बिहान ०६:०१ बजे

काठमाडौं, वैशाख ३ । प्रहरीले विभिन्न निकायसँगको समन्वयमा काठमाडौंको सडकपेटीबाट ५५ बालबालिकाको उद्धार गरेको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौं र प्रहरी वृत्तबाट खटिएको टोलीले उनीहरुलाई उद्धार गरेको हो।
उद्धार गरिएकामा राजधानीको सडकका यात्रुलाई सहयोग माग्दै हिड्ने ३३ बालक र २२ बालिका रहेका छन् । उनीहरुलाई बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।





