मुख्य समाचार

    सप्तरीमा आगलागीमा परी ५ वर्षीय बालकको मृत्यु

    नवलपुर टुडे
    २०७९ बैशाख ३ | बिहान ०६:०१ बजे

      सप्तरी, बैशाख ३ । सप्तरीको बोदे बर्साइन नगरपालिकामा शुक्रबार आगलागीमा परी एक बालकको मृत्यु भएको छ ।

      बोदे बर्साइन नगरपालिका–१० अमरैया टोलमा शुक्रबार अपराह्न आगलागी हुँदा शत्रुघन यादवका पाँच वर्षीय छोरा शैलेश यादवको जलेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । शत्रुघनकै गोठमा आगलागी हुँदा गोठमा सुतिरहेका बालकको मृत्यु भएको हो ।

      आगलागीमा शत्रुघन, मिन्टु यादव र ओम यादवको सगोलको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको झ्याल जल्दा १६ लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

      शत्रुघनको गोठबाट रघुनन्दन यादव र जागेश्वर यादवको घरमा आगो सल्किएको स्थानीयीले बताए । स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरीले एक घण्टाको प्रयासमा आगलागी नियन्त्रण गरेका थिए । रासस

        कमेन्टहरु