मुख्य समाचार

    शताब्दी पुरुष डा.सत्यमोहन जोशी अस्पताल भर्ना

    नवलपुर टुडे
    २०७९ बैशाख २ | मध्यान्ह १०:०१ बजे

      काठमाडौं, बैशाख २ । वाङ्‍मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ । जोशीको स्वास्थ्यमा समस्या देखिएपछि किस्ट हस्पिटलमा भर्ना गरिएको हो ।

      अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार बिहीबार भर्ना हुँदा उनको मूत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा समेत गडबडी देखिएको थियो । हाल भने जोशीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको बज्राचार्यले जनाएको छ ।

      उनको यसअघि पनि स्वास्थ्य अवस्थामा खराबी आउदा यस अस्पतालमै उपचार गरिएको थियो ।

        कमेन्टहरु