मुख्य समाचार

    सप्तरीको अमरैंया गाउँमा आगलागी, एक बालकको जलेर मृत्यु

    नवलपुर टुडे
    २०७९ बैशाख २ | मध्यान्ह ०६:०१ बजे

      सप्तरी । सप्तरीमा आगलनगी हुदाँ एक बालककाे मृत्यु भएकाे छ । जिल्लाको बोदेबर्साइन नगरपालिका–१० अमरैंया गाउँमा आगलागीमा परी एक बालकको मृत्यु भएको हाे । शुक्रबार करिब ३ बजेतिर आगलागी भएको थियो ।

      आगलागीमा परी स्थानीय शत्रुधन यादवको अनदाजी ५ वर्षीय छोरा शैलेश कुमार यादवको मृत्यु भएको सप्तरी प्रहरीले जनाएकाे छ । बालक घरभित्रै रहेको अवस्थामा शत्रुधनको चारकोठे घरमा एकाएक आगो सल्किएको स्थानिहरूकाे भनाई छ । फुसको गोठ हुँदै पक्की घरमा आगो सल्किसकेको र नियन्त्रणमा ढिलाई भएकोले घरभित्र रहेका बालकको ज्यान गएको हो ।

      आगलागीबाट १२ लाख बराबरकाे क्षति भएकाे सप्तरी प्रहरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।आगालागीमा परी ज्यान गुमाएका शैलेशको बुवा भने विदेशमा रहेका छन् । आगलागीकाे बारेमा थप अनुसंनधान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

        कमेन्टहरु