जुडशितलको अवसरमा भक्तजनको सेवामा खटिए पालिका अध्यक्षसहितका टोली

नवलपुर टुडे
२०७९ बैशाख २ | मध्यान्ह ०६:०१ बजे

विनोद मण्डल
सिरहा, वैशाख २ । मिथिला संस्कृतिको महान पर्व जुडशितलको अवसरमा भक्तजनको लागि पालिका अध्यक्ष सहितको टोली खटिएका छन् ।
सिरहाको भगवानपुर गाउँपालिका वडा नं २ को नरहामा वैशाख २ गते लाग्ने मेलामा जिल्लाका अतिरिक्त छिमेकी राष्ट्र भारतबाट आएका सम्पूर्ण भक्तजनलाई यहाँका पालिका अध्यक्ष बेचन यादव र वडा अध्यक्ष बद्री नारायण यादव लगायतका टोलीले सतुवा र सर्वतको व्यवस्था मिलाई निशुल्क वितरण गर्नुभएको छ ।
धार्मिक सांस्कृतिक विकासको लागि पालिका शान्ति सुरक्षामा जोड दिएको र गर्मीलाई मध्यनजर राख्दै शितल पर्वमा सतुवा वितरण फाईदा जनक भएकोले वितरणमा जोड दिएको रहमुल अन्सारीले जनाएका छन् ।





