समाजको उत्थानमा नवलपरासी युवा समाज अग्रसर, साथ सहयोगका लागि संचारकर्मीलाई आग्रह


नवलपरासी, बैशाख २। देशलाइ मुलतः सामाजिक, भौतिक, सांस्कृतिकरूपमा समृद्धि बनाउनु नै देशलाई सुब्यवस्थित बनाउनु हो । कुनैपनि देशको निर्माणमा हरेक नागरिकको अहम भुमिका हुन्छ ती मध्धे युवा जनशक्तिको बिशिष्ट भुमिका हुन्छ । युवा भनेको ती समुह हो जो १८ बर्ष देखि ४५ बर्ष सम्मका हुन्छन । युवा वर्गको ज्ञान, परिश्रम र मेहेनतमा यती धेरै शक्ति हुन्छ कि मोति फलाउन पनि सक्छन र ज्योती चम्काउन पनि सक्छन।
नवलपरासी युवा समाजका सम्पुर्ण युवाहरू समाज र देशको उत्थान प्रति लागेका छन्। युवाहरूलाइ एकिकृत गरेर सामाजिक काममा लागेका युवा समाजका अध्यक्ष धर्मेन्द्र गिरीका अनुसार देशभरिका युवा एकिकृत हुनु पर्छ र समाज र देशमा भइरहेको अनियमितता प्रति कडारूपले आवाज उठाउनु पर्छ भनि उनको भनाही छ।एक्लै हिडेका गिरी आज समाज परिवर्तनको लागि हजारौं युवा जुटेका छन् । समाजमा देखिएको अनियमितता, अराजक्ता, नातावाद, जातिवाद, दमन, भ्रष्टाचार र समाजिक कुरितीको अन्त्य गर्नको लागि केहि युवालाई साथमा लिएर नवलपरासी युवा समाजको सुरूवात गरेका हुन।
“No vaccine’s No tax”बाट सुरू गरेको नवलपरासी युवा समाज आज धेरै अभियान चलाएको छ । त्यतिखेर नवलपरासी युवा समाज ७७ वटै CDO र ७ वटै मुख्यमन्त्रीज्यहरू मार्फत तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई समग्र जनताको लागि तत्काल करोना vaccine’s उपलब्ध गराइदिनको लागि ३ शुत्रे माग राखी ज्ञापनपत्र बुझाएको थियो।
त्यसैगरी पृथ्वीचन्द्र अस्पतालको लागि HDU unit, Oxygen plant, भेन्टिलेटर, पि.सी.आर मेशिनको लागि तत्कालिन स्वास्थ्य मन्त्री माननिय ह्रृदेश त्रिपाठी ज्यु सँग डिबेट गरी ३.५ करोड बजेट छुट्याउन पहल चालेका थिए । पृथ्वीचन्द्र अस्पतालमा भइरहेको अनियमितता र व्यवस्थापनको लापरवाहीको बिरोध अन्दोलन गरी तत्कालिन मे.सु. नुरूल होदाको सरूवा गराउनामा ठुलो भुमिका बोकेको थियो । त्यही क्रममा २०० भन्दा बढी सुस्ताका युवा युवतीको नागरिकता बिहिनहरूको लागि आन्दोलन गरी सिडिओलाई ज्ञापनपत्र बुझाएको नवलपरासी युवा समाज नेपाल आज पनि हरेक स्थानियको पिडामा छट्पटीको साथ लागिपरेका छन ।
६० वर्ष देखि बाढी पिडित सरावल र पाल्हीनन्दनका १०००औं किसान दसौं हजार बिगाह प्रत्यक बर्ष डुवानमा पर्ने र कोहि जनप्रतिनिधिले नसुनेपछि युवा समाजले अगुवाइ गरि ३००० भन्दा बढी किसानलाई सिडिओ कार्यालयमा ल्याई सम्बोधन गराएको थियो।सिडिओले पुष महिनामा बाँध बनाउन प्रतिबद्धता जनाएको तर जनप्रतिनिधी ज्युहरू चुनाव पारेर चैत्र तिर तान्नु भयो जुन २०७८ को चैत्र महिनामा बाँध बन्न सुरू भएको छ । युवा समाजले चलाएको मुहिमलाई भोटको लागि राजनिती गर्नु कतिको जायज छ ?
त्यसैगरी नवलपरासी युवा समाज कोभिडको बेला कोभिड जनचेतना मुलक कार्यक्रम गराएर फ्रिमा मास्क बितरण देखि लिएर अक्सिजन अभावको बेला युवाहरूको पकेट पैसाबाट ६० भन्दा बढी अक्सिजन सिलेन्डर रिफिल गराएको थियो र अस्पतालका बिरामीहरूलाई एक दिनको चिया, पानी खर्च उठाएको थियो । समाजमा बढ्दै गरेको लागुबपदार्थ सेवन र ओसारपसारको काम विरुद्ध नवलपरासी युवा समाज प्रसाशन संग समन्वय गरी चलाएको अभियान अतिनै सफल भएको छ । नवलपरासी युवा समाज ट्राफिक नियमको पालना गराउने जनचेतना मुलक तालिम देखि लिएर महिला सेनेटरी प्याड जिल्ला भरि हरेक महिला दिदी बहिनी फ्रिमा पाउनु पर्छ भनि अभियानमा सातौं पालिकामा ज्ञापनपत्र बुझाएको छ । त्यतिमात्र नभएर उखु र केरा पिडितको आन्दोलनको लागि उखु र केराका अध्यक्षहरू सित सहकार्य पनि गरिएको छ।
जनप्रतिनिधीको झुठो आश्वासन र बेरोजगारी बढ्दै गर्दा नवलपरासी युवा समाजद्वारा बेरोजगारीको लागि औधोगिक ऐन २०७६ को ४९ नं धाराको अनुसार औधोगिक जनशक्ति नेपाली हुनुपर्छ भनि अभियानको तहत १०००औं स्थानियलाई रोजगारीको माग लिई सिडिओलाई ज्ञापनपत्र बुझाइएको र यसप्रति सिडिओले सकारात्मक लिनु भएको छ र तृपक्षिय उद्योग वाणिज्य संघ, रोजगारदाता र नवलपरासी युवा समाजको बार्ता गराउने प्रतिबद्धता जनाउनु भएको छ । त्यसैगरी गरिब विपन्न र दिर्घकालिन रोगीहरूको लागि बिभिन्न संघ- संस्थाहरू संग सहकार्य गरि उपचार र औषधी खर्चसम्म दिलाउने काम गरेको छ । प्राकृतिक आपदको बेला पनि खाद्य सहायता देखि लिएर स्वंमसेवकको पनि काम गरेका छन्।
नवलपरासी युवा समाज समाजको हरेक क्षेत्रमा जुट्दा यसको चौतर्फी चर्चा चलिरहदा नवलपरासी युवा समाजका बरिष्ठ उपाध्यक्ष नरेन्द्र मिश्र, अझ नवलपरासी युवा समाजलाई संघर्ष गर्नुपर्छ र समाजको रूपान्तरण गर्न हरेक ठाऊँबाट युवा समाज जाग्नुपर्छ भनि जानकारी गराउनु भयो । उहाँको अनुसार समाजमा बढ्दै गरेको अनियमितता, भ्रष्टाचार, दमनप्रति युवा जनशक्ति एकिकृत भएर लाग्नु पर्छ । युवा समाजका हरेक युवाले गरेको परिश्रम र योगदानले समाज चाडैनै फेरिदै छ ।
नवलपरासी युवा समाजको हजारौ सदस्यहरूले नवलपरासीमा गरेका समाजसेवा अगामी दिनमा देशैभरकायुवाहरुसँग समन्वय गरि, युवाहरुलाई रोजगारमुलक तालिम, लागुऔषध मुक्तदेश र भ्रष्टाचारमुक्त गराउने अभियानमा अगाडि बढ्ने प्रतिबद्धताका साथ आम संचारकर्मीलाई साथ सहयोग गर्न अपिल गरेका छन ।
नोट : नवलपरासी युवा समाजका बरिष्ठ उपाध्यक्ष नरेन्द्र मिश्रद्वारा जानकारी !





