बुटवलमा प्रहरीद्वारा संचारकर्मीमाथि दुव्र्यवहार


बुटवल । बुट्वलमा प्रहरीद्वारा पत्रकारमाथि दुव्र्यवहार भएको छ । समाचार संकलनको क्रममा रहेका दैनिक बुलेटिन डटकमका प्रबन्ध निर्देशक घनश्याम पाण्डे, फर्वाड खबर डटकमका प्रबन्ध निर्देशक गोविन्द प्रसाद भुसाल, समतल अन्लाईन डटकमका प्रबन्ध निर्देशक सन्त कुमार श्रेष्ठ, खबरकुरा डटकमका प्रबन्ध सम्पादक शरणकुमार कर्माचार्य, सम्पादक दिनेश श्रेष्ठ र ग्लोबल आवाज डटकमका समाचार प्रमुख डीबी सुस्लिङलाई बुटवलमा प्रहरीले दुर्व्यवहार गरेको हो ।
रुपन्देहीको तिलोत्तमामा बुधबार राती शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयबासिन्दाले छानबिनको माग राखेर प्रहरी कार्यालय अघि गरेको प्रदर्शनको समाचार संकलन गर्नेक्रममा इप्रका बुटवलका वरिष्ठ सई बाबुराम घिमिरेले संचारकर्मीमाथि दुर्व्यवहार गरेका हुन् ।
अमृताका आफन्त स्थानीय र प्रहरीबीच भएको झडपको फोटो खिच्ने क्रममा संचारकर्मीमाथि सुस्लिङको मोवाइल खोस्दै हातपात गर्न खोज्दै घिमिरेले डिलिटको दबाब दिएका थिए । सोही क्रममा दैनिक बुलेटिन डटकमका प्रबन्ध निर्देशक घनश्याम पाण्डेले हामी संचारकर्मी हौं झडपको फोटो खिचेको भन्दै प्रेस कार्ड देखाउँदा देखाउँदै गर्दा कसैलाई चिन्दैनौं भन्दै घिमिरे जाइलागेका थिए । उनले कर्माचार्यको कठालो समात्दै कुटपिटको प्रयास गर्नै लाग्दा अर्को एक प्रहरी आएर छुटाएका थिए । प्रदर्शनबाट रिपोर्ट





